बागमती प्रदेशमा कांग्रेसले राख्यो ४३ सिटमा दाबी

काठमाडौं। नेपाली कांग्रेसले बागमती प्रदेशका ६६ सिट मध्ये ४३ मा दाबी गरेको छ । सत्ता गठबन्धनभित्र भइरहेको प्रदेशसभा सिट बाँडफाँट छलफलमा कांग्रेसले ४३ सिटमा दाबी गरेको छ । कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँले ४३ वटा प्रदेश निर्वाचन क्षेत्रमा कांग्रेसको दाबी रहेको सुनाए ।

कांग्रेसले बागमती प्रदेशमा माओवादीलाई १५ र एकीकृत समाजवादीलाई ८ सिटको प्रस्ताव गरेको छ । गठबन्धनलाई जिताउन जित्ने ठाउँमा मात्रै लिन माओवादी र एकीकृत समाजवादीलाई आग्रह गरिएको सभापति बानियाँको भनाइ छ ।

जित्न नसक्ने ठाउँमा दाबी गर्दा एमालेलाई फाइदा हुने कुरामा गठबन्धनका नेताहरु सजक पनि देखिएको उनले बताए । यता गठबन्धनमा भएको सहमति अनुसार बागमती प्रदेशमा प्रतिनिधिसभातर्फ ३३ सिटमा कांग्रेसले १९ पाउने छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्