जेष्ठ नागरिकको सम्मान गरौं ।

धादिङ,१५ असोज ।
आज अन्तराष्ट्रिय जेष्ठ नागरिक दिवस । सरकारले ६० वर्ष नाघेका नागरिकलाई जेष्ठ नागरिकको रुपमा परिभाषित गरेको छ । हरेक ६० वर्ष नाघेका नागरिकहरु जेष्ठ नागरिकको रुपमा रहन्छन् ।

बाल्यकालदेखी युवाअवस्था र जेष्ठ नागरिकको अवस्था सुरु गरेकांंहरुले देश समाज वा अन्य क्षेत्रमा केही न केही योगदान गरेर आएका छन् । हामीहरु यहाँसम्म आइपुग्नका लागि आम जेष्ठ नागरिकहरुले महत्वपूर्ण भूमीका निभाएका कारण अहिलेको युवा पुस्ताले उनीहरुको योगदानको कदर गर्नुपर्छ । जेष्ठ नागरिकहरुको योगदानको कदर गर्ने भनेको सधैंभरी उनीहरुको योगदानप्रतिको कामको व्याख्या विश्लेषण गर्ने होइन, उनीहरुको कामलाई प्रचार गर्दै हिड्ने पनि होइन ।

अहिले जो जो मानिसहरु जेष्ठ नागरिकको रुपमा सुचिकृत भएका छन् उनीहरुको समाज निर्माण प्रतिको भूमीकालाई निभ्न नदिने एउटा महत्वपूर्ण कुरा हो भने अहिलेसम्म निर्माण भएका वा समाजलाई सकारात्मक योगदान पु¥याउने खालका जुन जुन कामहरु थिए तिनिहरुको संरक्षण गर्ने र आगामी दिनमा पनि सामाजिक भूमीकामा त्यस्ता कामहरुलाई निरन्तर रुपमा अगाडि बढाउने वा उत्प्रेरणा प्रदान गर्ने वातावरण हामी आम नागरिकको तर्फबाट भूमीका खेल्ने गर्नुपर्दछ ।

यसले उनीहरुले गरेको कामको संरक्षण मात्रै गर्दैन हामीसंगै आम युवाहरुलाई सामाजिक काममा संगसंगै हातेमालो गरेर जानुपर्छ भन्ने प्रेरणा समेत प्रदान गर्दछ ।

पछिल्लो समय खासगरी युवाहरुले जेष्ठ नागरिकहरुलाई हेर्ने दृष्टिकोणमा एक प्रकारको दरारपन सृजना भैरहेको छ । यि वुढाहरु जस्ता शब्दले उनीहरुको मान सम्मानमा ठेस पुग्ने काम गरिरहेको छ भने जेष्ठ नागरिकहरुको कुरा धेरै मानिसहरुले नसुन्दा उनीहरुलाई यसै पनि खल्लोपना महसुस भैरहेको छ । मैले भनेको कुरा यिनिहरुले सुन्दैनन् मान्दैनन् र गन्दैनन् पनि भन्ने कुरा ज्येष्ठ नागरिकहरुको मनमा पर्दा मानसिक रुपमा नै उनीहरुमाथी असजिलो भैरहेका विभिन्न घटनाक्रमहरुले देखाउने गरेको छ ।

यसकारण पनि हामीलाई जन्मदिने हुर्काउने देखीको शिक्षा दिक्षा दिने र यतिकोसम्म बनाउने काम कसले गरे ? मात्रै सम्झने हो भने पनि जो कोहीले जेष्ठ नागरिकहरुलाई नराम्रो दृष्टिले हेर्न अफ्ठ्यारो मान्नेछन् । हामी सामाजिक अगुवाहरु भन्नेले पनि यति सामान्य भन्दा सामान्य विषयमा समेत ध्यान दिन सकिराखेको अवस्था छैन ।

एउटा घर परिवारको जेष्ठ सदस्य जो कमाउन नसक्ने वा गरिखान नसक्ने अवस्थामा पुग्दा कतिपय समुदाय वा परिवारका सदस्यले वृद्धाश्रममा लगेर छाड्ने, कतिपयलाई यतिकै छाडिदिने खानपानको व्यवस्थापन नगर्ने र स्वास्थ्योपचार सम्मका कामहरुमा पनि यत्तिकै छाडिदिने अझ कतिपय धनीमानी भैसकेकाहरुले आफ्ना परिवारको जेष्ठ सदस्यलाई गाउँ छाड्ने र आफूहरु शहर पस्ने जुन प्रकारको क्रियाकलाप भैरहेको छ यसैगरी जाने हो भने यो स्थिति असामान्य बन्न धेरै दिन कुर्नु पर्दैन ।

यसले हामीलाई जन्म दिने बुबा आमाको समेत मान सम्मान गर्न सक्दैन । जेष्ठ नागरिक हाम्रा सम्पत्ति हुन् हामी त्यसकै उपज हौं भन्ने भावनाका साथ जेष्ठ नागकिहरुको मान सम्मानमा लागौ त्यसको हाम्रो आत्म सम्मानमा समेत फाइदा पुर्याउँदछ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्