धादिङका थप ३७ जनामा डेंगी संक्रमण,कोरोनाका सक्रिय संक्रमित शुन्य

धादिङ,१६ असोज ।
पछिल्लो २४ घण्टामा धादिङका थप ३७ जनामा डेंगी संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय धादिङका अनुसार आज २७ पुरुष र १० महिला गरी ३२ नयाँ बिरामी थपिएका छन् ।

योसँगै गत साउन १ गतेदेखि यता धादिङमा मात्रै डेंगी बिरामीको संख्या ७५७ पुगेको छ । स्वास्थ्य कार्यालयको विवरण अनुसार जिल्लाका ४३६ जना पुरुष र ३२१ महिला गरी कुल ७५७ जनामा संक्रमण पुष्टि भएको छ ।

सबैभन्दा धेरै केश नीलकण्ठ नगरपालिकामा ४०३, गजुरीमा ८१ र त्रिपुरासुन्दरीमा ४८ जनामा डेंगु संक्रमण पुष्टि भएको छ । यस्तै धुनिबेशीका ३१, गल्छीका ३०, ज्वालामुखीका २४, बेनिघाट रोराङका २०, सिद्धलेकका १४, थाक्रेका ८, नेत्रावती डवजोङका ५, रुवीभ्यालीका ३ जना र गंगाजमुनाका २ जनामा संक्रमण पुष्टि भएको छ ।

हालसम्म खनियाबास गाउँपालिकामा संक्रमित भेटिएका छैनन् । कुल संक्रमित मध्ये ८५ जनाको ठेगाना खुलेको छैन भने तिन जना अन्य जिल्लामा परिक्षण गरिएको स्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरिक्षक तोयानाथ छत्कुलीले बताउनुभयो ।

धादिङमा हाल ३ स्थान (धादिङ अस्पताल, सल्यान्टार प्राथमिक स्वास्थ्य केन्द्र र गजुरी प्राथमिक स्वास्थ्य केन्द्र)बाट परिक्षण हुदैँ आएको छ । लामखुट्टेको टोकाइबाट बच्नु नै डेंगी संक्रमणबाट जोगिनु एकमात्र उपाय हो ।

यसैबीच, धादिङमा कोरोना संक्रमितको संख्या शुन्य भएको छ।आज थप एक संक्रमित कोरोना संक्रमण मुक्त भएसँगै जिल्लामा कोरोना संक्रमितको संख्या शुन्य रहेको स्वास्थ्य कार्यालय धादिङले जनााएको छ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्