चाडपर्वमा विद्युतीय कारोवारमा जोड दिन प्रहरीको अपिल

नेपाल प्रहरीले चाडपर्वका समयमा विद्युतीय कारोवारलाई प्राथमिकता दिन सर्वसाधारणलाई आग्रह गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंले उपत्यकाभित्र नगद कारोबार गर्दा सुरक्षित रहन अनुरोध गरेको हो ।

विशेषगरी दसैँँका समयमा नक्कली नोटहरूको कारोवार हुन सक्ने भन्दै सचेत रहन प्रहरीले सर्वसाधारणलाई अपिल गरेको छ । त्यसैले सकभर विद्युतीय कारोवार गर्न र नगद कारोवार गर्नुपरे उच्च सावधानी अपनाउन प्रहरीको अनुरोध छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्