नेत्रावती डबजोङको तिखाढुङमा ३ दिने न्युङ्ने मौन ब्रत सुरु (आवाज सहित)

धादिङ,१७ असोज ।
धादिङको नेत्रावती डवजोङ गाउपालिका वडा न २ र ३ को बिचमा रहेको तिखाढुङमा न्युङ्ने मौन ब्रत सुरु भएको छ । अकालमा ज्यान गुमाएका सम्पुर्ण प्राणीहरुको चिर शान्तिको कामना गर्दै डवजोङ बौद्ध गुम्बामा ३ दिने न्युङ्ने पुजा सुरु भएको हो ।

हरेक बर्ष पुलपाती देखि सुरु भई बिजया दशमीको बिहान सकिने यस पुजा नेत्रावती डवजोङमा विगत २० बर्ष देखि हुदै आएको छ । जंग बहादुर लामाको नेतृत्वमा ३१ जना सहभागिता भएको उक्त मौन ब्रत पुजामा आज देखि केहि खान र एक अर्का संग बोल्न पनि नहुने नेत्रावती डवजोङ गाउँपालिकाबाट बिजय तामाङले बताउनुभयो ।

उक्त मौन ब्रत पुजामा गुम्बा ब्यवस्थापन समितिका अध्यक्ष अम्बर पाख्रिन, पूर्व वडा अध्यक्ष बिजय तामाङ लगाएत १४ बर्ष देखि ६५ बर्ष उमेर समुहका महिला तथा पुरुषहरुको सहभागिता रहेको छ ।

यस मौन ब्रतको बिषयमा नेत्रावती डवजोङबाट जानकारी दिदै हुनुहुन्छ,पूर्व वडा अध्यक्ष तथा समाजसेवी बिजय पाख्रिन तामाङ ………

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्