धादिङमा आज थप २० जनामा डेंगी संक्रमण, संक्रमितको संख्या ७७७

धादिङ,१७ असोज ।
पछिल्लो २४ घण्टामा धादिङका थप २० जनामा डेंगी संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय धादिङका अनुसार आज १३ पुरुष र ७ महिला गरी २० नयाँ बिरामी थपिएका छन् ।योसँगै गत साउन १ गतेदेखि यता धादिङमा मात्रै डेंगी बिरामीको संख्या ७७७ पुगेको छ ।

स्वास्थ्य कार्यालयको विवरण अनुसार जिल्लाका ४४९ जना पुरुष र ३२८ महिला गरी कुल ७७७ जनामा संक्रमण पुष्टि भएको छ।
सबैभन्दा धेरै केश नीलकण्ठ नगरपालिकामा ४२०, गजुरीमा ८१ र त्रिपुरासुन्दरीमा ४८ जनामा डेंगु संक्रमण पुष्टि भएको छ । यस्तै धुनिबेशीका ३१, गल्छीका ३०, ज्वालामुखीका २५, बेनिघाट रोराङका २०, सिद्धलेकका १४, थाक्रेका ८, नेत्रावती डवजोङका ५, रुवीभ्यालीका ४ जना र गंगाजमुनाका ३ जनामा संक्रमण पुष्टि भएको छ ।

हालसम्म खनियाबास गाउँपालिकामा संक्रमित भेटिएका छैनन् । कुल संक्रमित मध्ये ८५ जनाको ठेगाना खुलेको छैन भने तिन जना अन्य जिल्लामा परिक्षण गरिएको स्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरिक्षक तोयानाथ छत्कुलीले बताउनुभयो । धादिङमा हाल ३ स्थान (धादिङ अस्पताल, सल्यान्टार प्राथमिक स्वास्थ्य केन्द्र र गजुरी प्राथमिक स्वास्थ्य केन्द्र)बाट परिक्षण हुदैँ आएको छ । लामखुट्टेको टोकाइबाट बच्नु नै डेंगी संक्रमणबाट जोगिनु एकमात्र उपाय हो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्