धादिङमा आज २९ जनामा डेंगी संक्रमण, संख्या ९९६ पुग्यो

धादिङ,२४ असोज ।

धादिङ जिल्लाका थप २९ जनामा डेंगी संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय धादिङका अनुसार पछिल्लो २४ घण्टामा १२ पुरुष र १७ महिला गरी २९ जना डेंगीका नयाँ बिरामी पिएका हुन् ।

योसँगै गत साउन १ गतेदेखि यता जिल्लामा मात्रै डेंगी बिरामीको संख्या ९९६ पुगेको छ । स्वास्थ्य कार्यालयको विवरण अनुसार जिल्लाका ५५७ जना पुरुष र ४३६ महिला गरी कुल ९९६ जनामा संक्रमण पुष्टि भएको छ।

सबैभन्दा धेरै संक्रमित नीलकण्ठ नगरपालिकामा ५९३, गजुरीमा ८१ र त्रिपुरासुन्दरीमा ५२ जनामा डेंगु संक्रमण पुष्टि भएको छ । यस्तै धुनिबेशीमा ३१, गल्छीमा ३०, ज्वालामुखीमा ३७, बेनिघाट रोराङमा २०, सिद्धलेकमा २०, थाक्रेका ८, नेत्रावती डवजोङमा ६, रुवीभ्यालीमा ८ जना, गंगाजमुनामा ४ र खनियाबास गाउँपालिकामा १ जनामा संक्रमण पुष्टि भएको छ ।

कुल संक्रमित मध्ये १०२ जनाको ठेगाना खुलेको छैन भने तिन जना अन्य जिल्लामा परिक्षण गरिएको स्वास्थ्य कार्यालय धादिङका जनस्वास्थ्य निरिक्षक तोयानाथ छत्कुलीले बताउनुभयो । धादिङमा हाल ३ स्थान (धादिङ अस्पताल, सल्यान्टार प्राथमिक स्वास्थ्य केन्द्र र गजुरी प्राथमिक स्वास्थ्य केन्द्र) बाट परिक्षण हुदैँ आएको छ ।फाईल तस्विर

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्