कोरोना परीक्षण घटेसँगै संक्रमितको संख्या घट्यो

धादिङ,२४ असोज ।
नेपालमा कोरोना भाइरसको पिसिआर परीक्षण पछिल्ला दिनमा ह्वात्तै घटेको छ। देशभर कोरोना परिक्षण घटे संगै कोरोना संक्रमितको संख्या पनि घट्दै गएको छ ।

पछिल्लो २४ घण्टामा २७ जनामा कोरोनाका नयाँ बिरामी थपिएका छन् । ८६७ जनाको पिसिआर विधिबाट र ६७९ जनाको एन्टिजेन विधिबाट परीक्षण गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।यही अवधिमा २६ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् ।

यससँगै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या नौ लाख ८७ हजार ३२४ पुगेको छ। सङ्क्रमणमुक्त हुने दर ९८ दशमलव ७ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । हाल सक्रिय सङ्क्रमितको सङ्ख्या ५६९ रहेको छ । अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या १२ हजार १८ पुगेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्