यस वर्षको एसइई चैत दोस्रो हप्तादेखि हुने

काठमाडौँ,२७ असोज ।
यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) चैत्र दोस्रो हप्तादेखि हुने भएको छ। राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०)ले शैक्षिक सत्र २०७९ को सार्वजनिक भएको कार्यतालिका अनुसार एसईई परीक्षा चैतको दोस्रो सातादेखि हुने भएको हो ।

कार्यतालिकामा एसइईको नतिजा २०८० असार तेस्रो हप्ता सार्वजनिक गरिने बोर्डले जनाएको छ । त्यस्तै, पुरक परीक्षा २०८० को साउन अन्तिम साता सञ्चालन हुनेछ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्