धादिङका थप ६२ जनामा डेंगु संक्रमण, संक्रमित संख्या एक हजार २३३

धादिङ,२७ असोज ।
धादिङमा आज ६२ जनामा डेंगु संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय धादिङका अनुसार पछिल्लो २४ घण्टामा ३० पुरुष र ३२ महिला गरी ६२ जना डेंगुका नयाँ बिरामी थपिएका हुन् ।

योसँगै गत साउन १ गतेदेखि यता जिल्लामा डेंगु बिरामीको संख्या एक हजार २३३ पुगेको छ । स्वास्थ्य कार्यालयको विवरण अनुसार जिल्लाका ६८७ जना पुरुष र ५४६ महिला गरी कुल एक हजार २३३ जनामा संक्रमण पुष्टि भएको छ।

सबैभन्दा धेरै संक्रमित नीलकण्ठ नगरपालिकामा ७१४ रहेको छ भने गजुरीमा १०६ र त्रिपुरासुन्दरीमा ५६ जनामा डेंगु संक्रमण पुष्टि भएको छ।
यस्तै धुनिबेशीमा ५२, गल्छीमा ४२, ज्वालामुखीमा ५२, बेनिघाट रोराङमा २२, सिद्धलेकमा २९, थाक्रेमा १६, नेत्रावती डवजोङमा ७, रुवीभ्यालीमा ९, गंगाजमुनामा १८ र खनियाबास गाउँपालिकामा २ जनामा संक्रमण पुष्टि भएको छ ।

कुल संक्रमित मध्ये १०२ जनाको ठेगाना खुलेको छैन भने ६ जना अन्य जिल्लामा परिक्षण गरिएको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ । धादिङमा हाल ३ स्थान (धादिङ अस्पताल, सल्यान्टार प्राथमिक स्वास्थ्य केन्द्र र गजुरी प्राथमिक स्वास्थ्य केन्द्र) बाट परिक्षण हुदैँ आएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्