दर्ता नगरी सञ्चालन गरिरहेका व्यावसायीलाई ३० दिनभित्र व्यवसाय दर्ता गर्न महानगरको निर्देशन

काठमाडौँ,०१ कात्तिक
काठमाडौं महानगर भित्र व्यवसाय दर्ता नगरी सञ्चालन गरिरहेका व्यावसायीलाई ३० दिनभित्र व्यवसाय दर्ता गर्न काठमाडौं महानगरले निर्देशन दिएको छ । महानगरले आज सूचना जारी गर्दै सङ्घ र प्रदेश सरकारबाट इजाजत लिएका व्यवसायहरुले महानगरमा व्यवसाय दर्ता नगरी सञ्चालन भइरहेको भन्दै दर्ता गर्न निर्देशन दिएको हो ।

दर्ता गर्न महानगरले त्यस्ता व्यवसायीहरुलाई ३० दिनको समयसिमा तोकेको छ । महानगरपालिकाको अनुगमनको क्रममा व्यवसाय दर्ता नगरी व्यापार व्यवसाय गरेको पाइएमा काठमाडौं महानगरपालिका राजस्व ऐन, २०७५ को दफा ३४ को उपदफा (ग) बमोजिम व्यवसाय बन्द गरी नियमानुसार जरिवाना समेत असुल गरिने सूचनामा उल्लेख छ ।

यस्तै, महानगरले आर्थिक ऐन, २०७९ को अनुसूची–७ को बुँदा नम्बर ३ बमोजिम आर्थिक वर्ष २०७२÷७३ लाई आधार वर्षका रुपमा लिएर व्यवसाय कर असुली गरिने जनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्