घट्यो सुनचाँदीको मूल्य

काठमाडौँ,०२ कात्तिक ।

बुधबार नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ । मंगलबार प्रतितोला ९३ हजार ४ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य बुधबार तोलामा २ सय रुपैयाँले घटेर ९३ हजार २ सय रुपैयाँमा कारोबार भैरहेको छ। 

आज तेजाबी सुनको मूल्य ९२ हजार ७ सय रुपैयाँ रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज चाँदीको मूल्य पनि घटेको छ । बुधबार चाँदी तोलामा ५ रुपैयाँले घटेर एक हजार १७५ रुपैयाँमा कारोबार भइरहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्