“पाचौ मार्पाक प्रमियर लिग“ फुटसल प्रतियोगिता मार्पाकले जित्यो

धादिङ,०६ कात्तिक ।
“पाचौ मार्पाक प्रिमियर लिग फुटसल प्रतियोगिता“ को बिजेता मार्पाक फुटसल टिम बनेको छ । मार्पाक भेट्रान्स फुटसल टिमको ब्यबस्थापनमा काठमाण्डौको फ्रेन्डस स्टार फुटसल, भत्केपुलमा सम्पन्न प्रतियोगितामा मार्पाक फुटसल टिम बिजेता बन्न सफल भएको हो ।

प्रतियोगितामा टिम मार्पाक, टिम भेट्रान्स, टिम थला, टिम सि.सि.एम., टिम भेट्रान्स गरि जम्मा ५ टिमले सहभागिता जनाएका थिए । लिग च्याम्पियन हुने टिम मार्पाकले च्याम्पियन ट्रफी साथै नगद पुस्कार र मेडल प्राप्त गरेको छ भने द्धितिय हुने टिमले पनि नगद पुरस्कार प्राप्त गरेको छ ।

पुरस्कार बितरण समारोहमा मार्पाक सामुदायिक क्लबका निबर्तमान अध्यक्ष धुर्ब अधिकारी लगायतको उपस्थिति रहेको फुटसल लिगका मुख्य संयोजक फणिन्द्र गुरुङ्गले जानकारी दिनुभयो ।

लिगको अनलाईन मिडिया पार्टनरमा भिजन न्युज नेपाल, बागमति खेल डटकम, धादिङ्ग पोष्ट डटकम र धादिङ्ग संचार रहेको छ भने र एफ.एम. पार्टनरमा निलकण्ठ एफ.एम. रहेको लिगका मुख्य संयोजक फणिन्द्र गुरुङ्गले जानकारी गराउनुभयो ।

शुभ दिपावलीको पावन अबसरमा काठमाण्डौमा लिग फुटसल प्रतियोगिता गराउनुको उदेश्य स्वास्थ्य, मनोरन्जन, लुकेर रहेका प्रतिभाहरुको खोजी साथै आपसी मेलमिलाप र सद्भाव कायम राख्दै युवाहरुबिच भेटघाट र एकता कायम गर्ने रहेको लिग फुटसलका ब्यबस्थापक काजिराम अधिकारीले जनाउनुभयो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्