ह्वात्तै बढ्यो सुनचाँदीको मूल्य

काठमाडौँ,०६ कात्तिक ।
आइतबार नेपाली बजारमा सुनको मूल्य वृद्धि भएको छ ।

शुक्रबार प्रतितोला ९२ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आइतबार तोलामा १ हजार ५ सय रुपैयाँले बढेर ९४ हजार रुपैयाँमा कारोबार भैरहेको छ।

आज तेजाबी सुनको मूल्य ९३ हजार ५ सय रुपैयाँ रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज चाँदीको मूल्य पनि बढेको छ। आइतबार चाँदी तोलामा एक हजार २१५ रुपैयाँमा कारोबार भइरहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्