धादिङमा डेंगी बिरामीको संख्या १६ सय ७५ पुग्यो , नीलकण्ठमा मात्रै १०१९ जना

धादिङ,०६ कात्तिक ।
धादिङका थप ४० जनामा डेंगु संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय धादिङका अनुसार पछिल्लो २४ घण्टामा २३ पुरुष र १७ महिला गरी ४० जना संक्रमण पुष्टि भएको हो ।

योसँगै गत साउन १ गतेदेखि यता जिल्लामा डेंगु बिरामीको संख्या एक हजार ६७५ पुगेको छ । स्वास्थ्य कार्यालय धादिङको विवरण अनुसार जिल्लाका ९२३ जना पुरुष र ७५२ महिला गरी कुल एक हजार ६७५ जनामा संक्रमण पुष्टि भएको छ।

सबैभन्दा धेरै संक्रमित नीलकण्ठ नगरपालिकामा एक हजार १९ रहेको छ भने गजुरीमा १०६ र त्रिपुरासुन्दरीमा ६९ जनामा डेंगु संक्रमण पुष्टि भएको छ। यस्तै धुनिबेशीमा ८७, गल्छीमा ६८, ज्वालामुखीमा ६६, बेनिघाट रोराङमा ३९, सिद्धलेकमा ४०, थाक्रेमा १७, नेत्रावती डवजोङमा १२, रुवीभ्यालीमा ११, गंगाजमुनामा २७ र खनियाबास गाउँपालिकामा ४ जनामा संक्रमण पुष्टि भएको छ ।

कुल संक्रमित मध्ये १०२ जनाको ठेगाना खुलेको छैन भने ८ जना अन्य जिल्लामा परिक्षण गरिएको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ । धादिङमा हाल ३ स्थान (धादिङ अस्पताल, सल्यान्टार प्राथमिक स्वास्थ्य केन्द्र र गजुरी प्राथमिक स्वास्थ्य केन्द्र) बाट परिक्षण हुदैँ आएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्