आज थप ४१ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ,०६ कात्तिक ।

नेपालमा पछिल्लो २४ घण्टामा थप  ४१ जना कोरोना संक्रमित थपिएका छन् । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्यांक अनुसार १२५० जनाको नमुना परीक्षण गर्दा ४१ जनामा कोरोना पुष्टि भएको हो । यस अवधिमा ५९ जना नै संक्रमणमुक्त भएका छन् भने कसैको मृत्यु भएको छैन । 

नेपालमा कोरोना संक्रमणका कारण हालसम्म १२ हजार १८ जनाले ज्यान गुमाएको मन्त्रालयको तथ्यांक छ । साथै हाल नेपालमा ६९६ जना सक्रिय कोरोना संक्रमित छन् । 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्