पछिल्लो २४ घण्टामा ४२ जनामा कोरोना संक्रमण

नेपालमा पछिल्लो २४ घण्टामा थप  ४२ जना कोरोना संक्रमित थपिएका छन् । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्यांक अनुसार ९२१ जनाको नमुना परीक्षण गर्दा ४२ जनामा कोरोना पुष्टि भएको हो । यस अवधिमा ४३ जना नै संक्रमणमुक्त भएका छन् भने एक जनाकाे मृत्यु भएको छ । 

नेपालमा कोरोना संक्रमणका कारण हालसम्म १२ हजार १९ जनाले ज्यान गुमाएको मन्त्रालयको तथ्यांक छ । साथै हाल नेपालमा ६९२ जना सक्रिय कोरोना संक्रमित छन् । 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्