नीलकण्ठ नगरपालिकाका थप २ जनामा डेंगी संक्रमण पुष्टि

धादिङ,०८ कात्तिक ।
धादिङका नीलकण्ठ नगरपालिकाका थप २ जनामा डेंगी संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय धादिङका अनुसार पछिल्लो २४ घण्टामा १ जना पुरुष र १ जना महिला गरी नगरपालिकाका २ जनामा संक्रमण पुष्टि भएको हो ।

योसँगै गत साउन १ गतेदेखि यता जिल्लामा डेंगी बिरामीको संख्या एक हजार ७३० पुगेको छ । स्वास्थ्य कार्यालय धादिङको विवरण अनुसार जिल्लाका ९४७ जना पुरुष र ७८३ महिला गरी कुल एक हजार ७३० जनामा संक्रमण पुष्टि भएको छ।

सबैभन्दा धेरै संक्रमित नीलकण्ठ नगरपालिकामा एक हजार ५६ रहेको छ भने गजुरीमा १०६ र धुनिबेशीमा ८७ जनामा डेंगी संक्रमण पुष्टि भएको छ। यस्तै गल्छीमा ८३, त्रिपुरासुन्दरीमा ६९, ज्वालामुखीमा ६८, बेनिघाट रोराङमा ३९, सिद्धलेकमा ४०, थाक्रेमा १७, नेत्रावती डवजोङमा १२, रुवीभ्यालीमा ११, गंगाजमुनामा २७ र खनियाबास गाउँपालिकामा ५ जनामा संक्रमण पुष्टि भएको छ ।

कुल संक्रमित मध्ये १०२ जनाको ठेगाना खुलेको छैन भने ८ जना अन्य जिल्लामा परिक्षण गरिएको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ । धादिङमा हाल ३ स्थान (धादिङ अस्पताल, सल्यान्टार प्राथमिक स्वास्थ्य केन्द्र र गजुरी प्राथमिक स्वास्थ्य केन्द्र) बाट परिक्षण हुदैँ आएको छ । फाईल तस्विर

No photo description available.

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्