भन्सार महसुल सङ्कलनमा वीरगञ्ज भन्सार कार्यालय सबैभन्दा अगाडि

काठमाडौँ,११ कात्तिक ।
भन्सार महसुल सङ्कलनमा वीरगन्ज भन्सार कार्यालय सबैभन्दा अगाडि देखिएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्क अनुसार गत बर्ष सबैभन्दा धेरै योगदान वीरगन्ज भन्सारको देखिएको हो ।

गतवर्ष सङ्कलन भएको महसुलका आधारमा भन्सार असुलीको लक्ष्यमा वीरगञ्ज भन्सार कार्यालयको योगदान ४०.३१ प्रतिशत देखिएको छ। वीरगन्ज भन्सार कार्यालयले आर्थिक वर्ष २०७८/७९ मा २ खर्ब ४ अर्ब राजस्व असुल गरेको छ। दोस्रो धेरै महसुल सङ्कलन गर्नेमा भैरहवा भन्सार कार्यालय रहेको छ ।

जसले कुल भन्सार राजश्व सङ्कलनको २२.८८ प्रतिशत योगदान गरेको छ। गत वर्ष सो कार्यालयले १ खर्ब १५ अर्ब राजस्व सङ्कलन गरेको छ। यस्तै भन्सार सङ्कलन गर्ने तेस्रो भन्सार कार्यालयमा भने वीरगन्जको सुक्खा बन्दरगाह कार्यालयको रहेको छ । जसको योगदान ९.७६ प्रतिशत छ । यो कार्यालयले ४९ अर्ब ३४ करोड महसुल सङ्कलन गरेको छ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्