आज धादिङका २३ जनामा डेंगी संक्रमण पुष्टि

धादिङ,११ कात्तिक ।
धादिङका थप २३ जनामा डेंगी संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय धादिङका अनुसार पछिल्लो २४ घण्टामा १२ जना पुरुष र ११ जना महिला गरी २३ जनामा संक्रमण पुष्टि भएको हो ।

योसँगै गत साउन १ गतेदेखि यता जिल्लामा डेंगी बिरामीको संख्या एक हजार ८३५ पुगेको छ । स्वास्थ्य कार्यालय धादिङको विवरण अनुसार जिल्लाका ९९७ जना पुरुष र ८३८ महिला गरी कुल एक हजार ८३५ जनामा संक्रमण पुष्टि भएको छ।

सबैभन्दा धेरै संक्रमित नीलकण्ठ नगरपालिकामा ११ सय ४७ रहेको छ भने गजुरीमा १०६ र धुनिबेशीमा ८७ जनामा डेंगी संक्रमण पुष्टि भएको छ । यस्तै गल्छीमा ८३, ज्वालामुखीमा ७३, त्रिपुरासुन्दरीमा ७२, सिद्धलेकमा ४३, बेनिघाट रोराङमा ३९, गंगाजमुनामा २७, थाक्रेमा १७, नेत्रावती डवजोङमा १२, रुवीभ्यालीमा १२, र खनियाबास गाउँपालिकामा ७ जनामा संक्रमण पुष्टि भएको छ ।

कुल संक्रमित मध्ये १०२ जनाको ठेगाना खुलेको छैन भने ८ जना अन्य जिल्लामा परिक्षण गरिएको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ । धादिङमा हाल ३ स्थान (धादिङ अस्पताल, सल्यान्टार प्राथमिक स्वास्थ्य केन्द्र र गजुरी प्राथमिक स्वास्थ्य केन्द्र) बाट परिक्षण हुदैँ आएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्