धादिङ अपडेट:९२ संक्रमित थपिदा ३३ जना डिस्चार्ज,तिन जनाको मृत्यु

धादिङ,२४ जेठ ।
धादिङका थप ९२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टाको विवरण अनुसार जिल्लाको निलकण्ठका ४९,धुनीबेशीका ३, गल्छीका ७, बेनिघाटका २,ज्वालामुखीका १,गंगाजमुनाका  २२ जना, सिद्धलेकका ७ र थाक्रेका १ जना गरी जिल्ला भित्र ८९ जना र जिल्ला बाहिर ३ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ ।

१०३ जना मध्ये ६५ जना पीसिआर परिक्षणमा संक्रमण पुष्टि भएको हो भने २४ जनाको एन्टिजिन किट परिक्षणमा पोजिटिभ देखिएको हो । 

यससँगै जिल्लामा सक्रिय केश १ हजार ४१७ पुगेको छ । संक्रमित मध्ये १२ सय ६२ जना जिल्ला भित्र र १५५ जना जिल्ला बाहिरका बिभिन्न आईशोलसनमा रहेका छन् । यससँगै जिल्लाभर हालसम्म कोरोना संक्रमित हुनेको सङ्ख्या भने ४ हजार ९४३ पुगेको छ । 

हाल जिल्ला भित्र अस्पताल आइसोलेसनमा ८, संस्थागत आइसोलेसनमा २९ र होम आइसोलेसनमा १२ सय २५ जना रहेका छन्। त्यसैगरी जिल्ला बाहिर अस्पताल आइसोलेसनमा २९ र होम आइसोलेसनमा १२६ जनारहेका छन्। 

यस्तै थप ३३ जना कोरोना संक्रमित निको भएसँगै जिल्लामा संक्रमणमुक्त हुनेको सङ्ख्या ३ हजार ८१७ पुगेको छ । आज रुवीभ्यालीका  ५० बर्षीय पुरुष, गल्छीका ७८ बर्षीय पुरुष र धुनिबेशीका ७३ बर्षीय पुरुषको मृत्यु भएसँगै जिल्लामा कोरोनाले मृत्यु हुनेको संख्या ५९ पुगेको छ।  

आज निलकण्ठमा २२१ र धादिङ्ग अस्पतालमा २ गरि जिल्ला भित्र २२३ स्वाब संकलन भएको छ भने १७७ जनाको एन्टिजेन परिक्षण भएको छ। हाल जिल्लाभरका २६१ जनाको नतिजा आउन बाँकी रहेको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ। 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्