शेयर बजार: ०.२१ अंकले घटेर नेप्से २९०६.७० विन्दुमा , १५ अर्ब ८१ करोडको कारोबार

काठमाडौं । आज नेप्से ०.२१ अंकले घटेर नेप्से २९०६.७० विन्दुमा आएको छ । १५ अर्ब ८१ करोड   रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । नेप्सेमा कारोबार भएका १३ मध्ये ७ वटा समूहका सूचक वृद्धि भएका छन् ।

१७ कम्पनीको भाउ ९% भन्दा माथिदेखि सर्किट लाग्ने तहसम्म वृद्धि भएको छ । लगानीकर्ताले अल्पकाल, मध्यकाल वा दीर्घकालीन कुन र कति अवधिकालाई सेयर होल्ड गर्ने भन्ने पूर्वयोजना बनाउन जरुरी हुन्छ । यस दिन २२१ कम्पनीको ३ करोड ५४ लाख ७४ हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । खरिदबिक्री रकममा ६२ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । खरिदबिक्री रकममा दोस्रोमा निफ्रा र तेस्रोमा नेसनल हाइड्रोपावर कम्पनी परेका छन् । 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्