पाेखरामा ‘हुनेले दिएर जाऔँ, नहुनेले लिएर जाऔँ’ अभियान जारि, एघार सय बढीले सेवा लिए

कोरोना सङ्क्रमणका कारण जारी निषेधाज्ञाले समस्यामा परेका व्यक्तिको गर्जो टार्ने लायन्स क्लब अफ अभियानद्वारा शुरु गरिएको ‘हुनेले दिएर जाऔँ, नहुनेले लिएर जाऔँ’ अभियानको सातौँ दिनसम्म एक हजार १०० भन्दा बढीले सेवा लिएका छन् ।

पाेखराकाे विपी चोकस्थित चिप्लेढुङ्गामा सञ्चालन भइरहेको खाद्य बैंकमा चामल, दाल, तेल, नुन, चनालगायत सामग्री छन् । अहिलेको विषम परिस्थितिले खाद्य समस्यामा परेका व्यक्ति, अलपत्र बटुवालगायतलाई लक्षित गरी अभियान शुरु गरिएको अभियानका संस्थापक अध्यक्ष विनोद ढुङ्गानाले जानकारी दिनुभयो । “हामीले जेठ १६ गतेदेखि अभियानमा शुरु गरेका हौँ, शनिबार सेवा बन्द रहन्छ, अहिलेसम्म एक हजार ११५ जनाले सेवा लिनुभएको छ”, उहाँले भन्नुभयो ।

उहाँका अनुसार क्लबले राहत कोषमार्फत सङ्कलित रकमबाट शुरुमा रु २० हजारबाट सो अभियान शुरु गरेको हो । अहिले लायन्स क्लबका सदस्य एवम् गैह्रसदस्यले स्वतस्फूर्त सहयोग गर्दै आएका छन् । हालसम्म करीब रु चार लाखभन्दा बढीको राहत सामग्री वितरण भइसकेको उहाँले जानकारी दिनुभयो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्