गंगाजमुना गाउँपालिकालाई हेफर र सहयात्रीको १५ लाख सहयोग

२४ जेठ, धादिङ
कोभिड विरुद्ध काम गर्न हेफर प्रोजेक्ट नेपाल र सहयात्री समाज नेपालले गंगाजमुना गाउँपालिकालाई १५ लाख उपलब्ध गराएको छ । गाउँपालिकाले संचालन गरेको आइसोलेसन सेन्टरलाई आवश्यक सामाग्री खरिदको लागि रकम उपलब्ध गराइएको हो ।

आइसोलेसन संचालन गर्न आवश्यक अक्सिजन कन्सन्ट्रेटर, थर्मोमिटर, नेबुलाईजर, अक्सिमिटर, पञ्जा, मास्क लगायत मेसिनरी सामान खरिद गर्न पाउनेगरी रकम उपलब्ध गराएको सहयात्री समाज नेपालका कार्यकारी निर्देशक राधिका सापकोटाले बताइन् ।

गाउँपालिकाले वडा नं. ५ को फुलखर्कमा १० वेडको आइसोलेसन संचालन गरिरहेको छ । पालिकाभित्र हाल १ सय ९९ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य शाखा प्रमुख दिपक अधिकारीले जानकारी दिनुभयो । पालिकाले प्रत्यक हेल्थपोष्ट मार्फत स्वाव संकलन गरी पिसिआर जाँच गराउँदै आएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्