बुढिगण्डकी नदिले बगाउँदा धादिङ ज्वालामुखीका ३ जना बेपत्ता

बुढिगण्डकी नदिले बगाउँदा ३ जना युवा बेपत्ता भएका छन् । ज्वालामुखी गाउँपालिका–२ जोगीटार गाउँमा आफन्त बितेपछि मलामी गएका सोही स्थानको तिन जनालाई मंगलबार दिउँसो सवा ३ बजेतिर नदिमा नुहाउने क्रममा बगाएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरिक्षक जागेश्वर भण्डारीले जानकारी दिनुभयो ।

वेपत्ता हुनेमा धादिङको ज्वालामुखी गाउँपालिका वडा नम्बर २ बस्ने अन्दाजी २२ वर्षिय सुवास नेपाली, २२ वर्षिय दिनेश नेपाली र १९ वर्षिय सन्तोष नेपाली रहेका छन् । बेपत्ता भएकाहरुको खोजी कार्य भईरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्