देशभर कोरोना मुक्त हुनेको सङ्ख्या पाँच लाख नाघे,आठ हजार बढिको मृत्यु

धादिङ,२५ जेठ 
नेपालमा करिब एक साता यता कोरोना भाइरस सङ्क्रमितको निको हुने दर बढ्दै गएको छ । पछिल्लो २४ घण्टामा छ हजार ५७० जना निको भएसँगै नेपालमा सक्रिय केश ८२ हजार ७३६ जनामा आईपुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यससँगै देशभर हालसम्म निको हुनेको सङ्ख्या पाँच लाख ४ हजार ५३० पुगेको छ । यस्तै देशभर थप ५ हजार १५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मंगलबार देशभरका प्रयोगशालाबाट १२ हजार ६५ जनाको पीसीआर गर्दा ३,८७० जना र ५,६११ जनाको एन्टिजिन परिक्षणमा १२ सय ८३ गरी कुल ५ हजार १५३ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । 

सोमबार मात्रै ४ हजार ४७२ संक्रमित थपिएका थिए । यससँगै हालसम्म देशभर कोरोना संक्रमितको हुनेको संख्या ५ लाख ९५ हजार ३६४ पुगेको छ । कोरोना सङ्क्रमणमुक्त हुनेको दर ८४ दशमलब ७ प्रतिशत रहेको छ । पछिल्लो २४ घण्टामा संक्रमणबाट १०८ जनाले ज्यान गुमाएसँगै हालसम्म संक्रमण बाट ज्यान गुमाउनेको सङ्ख्या ८ हजार ९८ पुगेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्