धादिङको बेनिघाट रोराङ गाउँपालिकाको चेपाङ समुदायलाई वि.एस्सी.एजीका पूर्व विधार्थी समुहको सहयोग

धादिङ,२६ जेठ ।
धादिङको बेनिघाट रोराङ गाउँपालिकाको चेपाङ समुदायलाई वि.एस्सी.एजीका पूर्व विधार्थी समुहले सहयोग गरेका छन् ।
कृषि तथा पशुविज्ञान अध्ययन संस्थान रामपुर चितवनको वि.एस्सी.एजीका पूर्व विधार्थी समुहले धादिङको बेनिघाट रोराङ गाउँपालिकाको विपद व्यवस्थापन कोषमा मार्फत सहयोग गरेका छन् । मंगलबार कृषी ज्ञान केन्द्र धादिङका प्रमुख झलक नाथ कँडेलले गाउँपालिकाका अध्यक्ष पित्त बहादुर डल्लाकोटी र प्रमुख प्रशासकिय अधिकृत लक्ष्मण प्रसाद भट्टराईलाई ६१ हजार रूपैयाँ हस्तान्तरण गर्नुभएको हो ।

चेपाङ समुदायको बसोबास रहेको बेनिघाट भित्रका चेपाङहरुले कोरोना महामारीको कारण र अति विपन्न र गरिबिको कारण दैनिक छाक टार्न मुश्किल परेको भन्दै चेपाङ बस्तिहरुमा खाद्यान्न वितरणको लागि कृषि तथा पशुविज्ञान अध्ययन संस्थान रामपुर चितवनको वि.एस्सी.एजी(१९९३–१९९७) पूर्व विधार्थी समुहले आर्थिक संकलन गरी गाउँपालिकाको विपद कोषमा सहयोग गरिएको कृषी ज्ञान केन्द्र धादिङका प्रमुख कँडेलले बताउनुभयो ।

No description available.

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्