धादिङका ३ हजार ४० जनाले लगाए कोरोनाविरुद्धको भेरोसेल खोप

धादिङ,२६ जेठ ।
चिनले अनुदानमा दिएको कोरोनाविरुद्धको भेरोसेल खोप आजदेखि लगाउन सुरु गरिएको छ । धादिङ जिल्लाभर ५३ वटा खोप केन्द्रबाट एकैपटक खोप लगाउन सुरु गरिएको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ । सरकारले काठमाण्डौ उपत्यकामा ६० देखि ६४ र उपत्यका बाहिर ६२ देखि ६४ वर्ष उमेर समूहकालाई आजदेखी खोप लगाउन सुरु गरेको हो ।

धादिङमा ६२ वर्षदेखि ६४ वर्ष उमेर समूहका ५ हजार १७० जनालाई लक्षित गरि सुरु भएको खोप अभियानमा मंगलबार जिल्लाका १५ सय ८२ जना पुरुष र १४ सय ५८ जना महिला गरी ३ हजार ४० जनाले खोप लगाएको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ । आज पहिलो चरणको भेरोसेल खोप लगाएकाहरुलाई २८ दिनपछि दोस्रो डोज खोप लगाइने स्वास्थ्य कार्यालय धादिङले जानकारी दिएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्