फोकस नेपालद्धारा धादिङका तिन स्थानिय तहलाई ३८ लाख सहयोग

फोकस नेपाल धादिङले जिल्लाको तिन वटा पालिकालाई कोरोना रोकथाम तथा नियन्त्रणका लागि ३८ लाख सहयोग गरेको छ । जिल्ला भित्र समुदायस्तरमा सङ्क्रमण बढ्दै गएको अवस्थामा स्वास्थ्य सामग्री खरिदका लागि फोकस नेपालले हेफर ईन्टरनेश्नल नेपालको आर्थिक सहयोगमा तिन तिन स्थानिय तहलाई ३८ लाखको चेक हस्तान्तरण गरिएको फोकस नेपालका जिवन सिलवालले जानकारी दिनुभयो। 

शुक्रबार ICDC धादिङको साथमा नेत्रावती डवजोङ गाउँपालिकाका अध्यक्ष दुर्ग कुमार शाक्य, उपाध्यक्ष उर्मिला तामाङ गुरूङलाई फोकस नेपालका कोषाध्यक्ष तोला कुमारी पाठक १५ लाखको चेक हस्तान्तरण गर्नुभएको छ। त्यस्तै शुक्रबारनै RMD धादिङको साथमा खनियाबास गाउँपालिकामा अध्यक्ष रण बहादुर तामाङ, प्रमुख प्रसासकिय अधिकृत बालकृष्ण नेपाली र योजना अधिकृत नवराज श्रेष्ठलाई १५ लाखको चेक हस्तान्तरण गरिएको छ ।

यसैगरी शनिबार चैनपुर सामाजिक उद्यमी महिला कृषी सहकारी मार्फत ज्वालामुखी गाउँपालिकामा अध्यक्ष बिनोदराज तिमल्सेना, प्रमुख प्रशाशकिय अधिकृत बद्रिनाथ लम्साललाई ८ लाखको चेक हस्तान्तरण गरिएको सिलवालले बताउनुभयो। हस्तान्तरण कार्यक्रममा वडा नं ३ का वडाध्यक्ष रुद्रमान श्रेष्ठ, वडा नं ६ का वडाध्यक्ष अर्जुन अर्याल, गा.पाका स्वास्थ्य संयोजक सुजन श्रेष्ठ र सूचना अधिकारी राजेन्द्र मास्कीको उपस्थिती रहेको थियो ।

कार्यक्रममा पालिका प्रमुख तथा उपप्रमुखहरुले सहयोग गर्ने संस्थाहरुलाई धन्यबाद ज्ञापन गर्दै विपतको समयमा सामुहिक रुपमा अगाडी बढ्न सकेमा मात्रै विपत्ति बिरुद्ध जित हासिल गर्न सकिने बताएका छन् । साथै सहयोगको सहि सदुपयोग गरि कोरोना रोकथाम, नियन्त्रण र नागरिकको जिवन रक्षाका लागी प्रतिबद्ध रहेको बताउनुभएको छ । 

यस्तै फोकस नेपालका कार्यकारी निर्देशक एकराज छत्कुलीले कार्यक्रमलाई सहजिकरण गर्दै कोभिडले परेको समस्या, फोकस नेपाल धादिङले गर्दै कार्य, कोभिड प्रतिकार्य गतिबिधि तथा आगामी कार्ययोजनाको बारेमा प्रकाश पार्नुभएको थियो भने कोषाध्यक्ष तोला कुमारी पाठक र कार्यक्रम निर्देशक हेमराज छत्कुलीले सहयोगको सहि सदुपयोग गर्न आग्रह गर्नुभएको छ । हस्तान्तरण कार्यक्रममा गैसस महासंघ धादिङका सचिव शलिकराम दुवाडी, RMD धादीङका  शेर बहादुर भण्डारी,फोकस नेपालका कर्मचारी तथा गाउँपालिकाका कर्मचारीहरुको सहभागिता रहेको थियो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्