रोड सो रियल स्टेटद्धारा धादिङको चेपाङ समुदायलाई खाद्यान्न सहयोग

धादिङको बेनिघाट रोराङ गाउँपालिका–९ स्थित चेपाङ बस्तीमा राहत वितरण गरिएको छ । रोड सो रियल स्टेट प्रा.लीको सहयोग तथा संचारकर्मी बद्री अधिकारीको समन्वयमा शुक्रबार सो गाउँका १५० घर परिवारलाई गाउमा नै पुगेर चामल दाल, नुन, चिनी र तेल वितरण गरिएको हो । वडा न ९ को माझगाउ, बाहुनबारी, गौरुगाउ, थाङलाङ, सेलाङदुङ,  थानसिङ, धुस्राङ, सिर्दुल, मट्याङग्रे, ठिनडाडा, तामाधाउ, र ठिङमाङ बस्तिमा राहत बितरण गरिएको हो ।

चेपाङ बस्तिमा खानेकुरा अभाव भएपछि समस्या हुन थालेको भन्ने जानकारी पश्चात खाद्यान्न वितरणका लागि ल्याइएको रोड सो रियल स्टेट प्रा.ली.का प्रमुख प्रशासकिय अधिकृत मधुराज पाण्डे बताउनुभयो । राहत वितरण कार्यक्रममा गाउँपालिकाका अध्यक्ष पित्त बहादुर डल्लाकोटीले यस बर्ष सलह किराको कारण उत्पादनमा कमी आएकोले खाद्यान्नमा केहि असहज भएको बताउनुभयो ।

अध्यक्ष डल्लाकोटीले सहयोगी मनलाई धन्यबाद ज्ञापन गर्दै सहयोगीहरुलाई एकद्धार प्रणालीमा आउन अनुरोध गर्नुभएको छ  । १२ वटा बस्तीमा एकैदिन बितरण गरिएको राहत वितरण कार्यक्रममा गाउँपालिकाका अध्यक्ष  पित्त बहादुर डल्लाकोटी, उपाध्यक्ष देबि प्रसाद सिलवाल, रोड सो रियल स्टेट प्रा.ली.का प्रमुख प्रशासकिय अधिकृत मधुराज पाण्डे, कम्पनीका प्रतिनिधि चित्र बहादुर भट्ट, संचारकर्मी लगाएतको उपस्थिति रहेको थियो । राहत पाएपछि चेपाङ परिवार खुसी भएका छन्। 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्