प्रेसर हर्न जफत गर्दै धादिङ प्रहरी

बजार क्षेत्रमा ठुला सवारी साधनले बजाएको प्रेसर हर्नका कारण सर्वसाधारणको गुनासो बढेपछि खानीखोलामा प्रहरीले हर्न जफत गर्न सुरु गरेको छ । बजार क्षेत्रमा ठुला सवारी साधनले चर्काे स्वरमा हर्न (प्रेसर हर्न) बजाएको गुनासो बढेसँगै प्रहरीले त्यस्तो सवारी साधनका प्रेसर हर्न जफत गर्न थालेको हो ।

ईलाका प्रहरी कार्यालय खानीखोलाका प्रहरी प्रमुख रुपा थापाका अनुसार बजार क्षेत्रमा ठुलो आवाजमा बजाइने प्रेसर हर्नले ध्वनी प्रदुषण बढाएको भनी सर्वसाधारणबाट गुनासो आउन थालेपछि सय भन्दा बढी सवारी साधनबाट प्रेसर हर्न निकालिएको छ ।

प्रहरीले सवारी साधन रोकी पहिलो पटक चेतावनी स्वरुप प्रेसर हर्न निकालिएको प्रमुख थापाको भनाई छ । प्रहरीले प्रेसर हर्न नियन्त्रणमा लिन थालेपछि चर्काे हर्नको आवाजबाट आजित भएका खानीखोलाबासीहरु भने खुसी भएका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्