आँखु खोलामा बेपत्ता सुमन श्रेष्ठ मृत फेला

धादिङको टारीबेशीस्थित आँखु खोलामा पौडी खेल्ने क्रममा बेपत्ता भएका सुमन श्रेष्ठलाई प्रहरीले मृत अवस्थामा फेला पारेको छ।  नीलकण्ठ नगरपालिका–३ का २६ वर्षिय  श्रेष्ठको  शब टारीबेसी पुल भन्दा तीन किलोमिटर तल पौडी खेल्ने क्रममा डुबेको स्थानमै फेला पारेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । 

बुधबार साथीहरु सँग पौडी खेल्न गएका श्रेष्ठ खोलामा डुबेर बेपत्ता भएका थिए ।  बेपत्ता सुमनको बुधबार स्थानीय पौडी बाजकहरुले खोजीगर्दा नभेटिएपछि बिहिबारदेखी कुरिन्टारस्थित शसस्त्र प्रहरीको गोताखोर टोली घटनास्थलमा खटिएका थिए। मृतक श्रेष्ठ धादिङका फुटबल खेलाडी समेत हुन् । उनले केहि महिनाअघि सम्पन्न बागमती प्रदेश एन्फा लिगमा धादिङको धादिङ समाज धादिङबाट समेत खेलेका थिए । 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्