धादिङमा दैनिक संक्रमित घट्दै:आज ४६ संक्रमित थपिए,१२० जना डिस्चार्ज

धादिङ,०३ असार ।
धादिङमा दैनिक संक्रमित भन्दा निको हुनेको सङ्ख्या बढि रहेको छ । पछिल्लो २४ घण्टाको विवरण अनुसार १२० जना डिस्चार्ज भएसँगै जिल्लामा संक्रमणमुक्त हुनेको सङ्ख्या ४ हजार ७३५ पुगेको छ।यससँगै जिल्लामा सक्रिय केश ८८८ रहेको छ ।

यस्तै थप ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टाको विवरण अनुसार जिल्लाको निलकण्ठका २७, गजुरीका २, धुनिबेशीका १, गल्छीका ५, बेनिघाटका ३, ज्वालामुखीका १, त्रिपुरासुन्दरीका १, गंगाजमुनाका २, सिद्धलेकका १ र रुवीभ्यालीका ३ जना गरि जिल्ला भित्रका ४६ जनामा संक्रमण पुष्टि स्वास्थ्य कार्यालय धादिङले जनाएको छ । 

४६ जना मध्ये २९ जना पीसिआर परिक्षणमा संक्रमण पुष्टि भएको हो भने १७ जनाको एन्टिजिन किट परिक्षणमा पोजिटिभ देखिएको हो। संक्रमित मध्ये ८०३ जना जिल्ला भित्र र ८५ जना जिल्ला बाहिरका बिभिन्न आईशोलसनमा रहेका छन् । यससँगै जिल्लाभर हालसम्म कोरोना संक्रमित हुनेको सङ्ख्या भने ५ हजार ४१५ पुगेको छ । 

जिल्लाभित्र अस्पताल आइसोलेसनमा १८,संस्थागत आइसोलेसनमा ३२ र होम आइसोलेसनमा ७५३ जना रहेका छन्। त्यसैगरी जिल्ला बाहिर अस्पताल आइसोलेसनमा २१ र होम आइसोलेसनमा ६४ जना रहेका छन्।

जिल्लाको मृत्यु संख्या ६५ पुगेको छ । आज जिल्लाभर ४५ एन्टिजेन परिक्षण भएको छ। हाल जिल्लाभरका २९ जनाको नतिजा आउन बाँकी रहेको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्