युरो २०२० को नकआउट चरणमा पुग्यो इटली

काठमाडौं, असार ३ । समूहको दोस्रो खेलमा स्वीट्जरल्याण्डलाई ३–० ले पराजित गरेपछि इटली युरो २०२० मा नकआउट चरणमा पुग्ने पहिलो टिम बनेको छ । अघिल्लो खेलमा टर्कीलाई ३–० ले नै हराएको इटलीले गएराति स्वीस् टोलीमाथि घरेलु मैदान रोमामा सहज जित निकालेको हो ।
२६ औं मिनेटमा म्यानुएल लोकाटेलीले गोल गरेसँगै पहिलो हाफमा अघि रहेको इटलीले दोस्रो हाफको सुरुमै अग्रता बढायो । यसपल्ट पनि लोकाटेलीलै सफल रहे । खेलको अन्तिम मिनेटमा सीरो इम्मोबाइलले गोल गरी ३–० को जित निश्चत गरेका हुन ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्