बैंकका सबै शाखा असार ७ गतेदेखि खुल्ने

काठमाडौं–  सबै बैंकका सबै शाखा यही असार ७ गतेदेखि खुल्ने भएका छन्। जारी निषेध आदेश खुुकुलो हुँदै गएकाले बैंकहरुले सबै शाखा खोल्न लागेका हुन्।

बिहीबार भएको नेपाल बैंकर्स संघको बैठकमा सबै शाखा खोलेर कारोबार सुचारु गर्ने सहमति भएको हो। अहिले बैंकका शाखाहरु आलोपालो खुलिरहेका छन् र ग्राहकले सीमित सेवामात्र पाइरहेका छन्।

सबै शाखा खुलेपछि सबै किसिमको सेवा प्रवाह हुने बैंकर्स संघले जनाएको छ। 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्