पानीजन्य रोगबाट बच्न स्वास्थ्य मन्त्रालयको आग्रह

नेपालमा मनसुन भित्रीएसँगै देखिएको विपद्को समयमा थप स्वास्थ्य समस्याहरु देखिन सक्ने भन्दै नागरिकहरुलाई सचेत रहन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आग्रह गरेको छ । बिहिबार मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै जनस्वास्थ्यलाई ख्याल राख्न आग्रह गरेको हो।बाढी पहिरोको जोखिमसँगै कोभिड–१९ संक्रमण, पानीजन्य रोगहरु, लामखुट्टेले हुने रोगहरु, सरसफाईसम्बन्धि जनस्वास्थ्यका समस्याहरु झनै बढ्नसक्नेतर्फ सबै सजग हुन जरुरी देखिएको मन्त्रालयले जनाएको छ ।

विज्ञप्तीमा जनस्वास्थ्यको मापदण्डको ख्याल गरी पालना गर्न गराउन, सफा पिउने पानीको प्रवन्ध गर्न, उपयुक्त गाँस र बासको प्रवन्ध, सरसफाई तथा लामखुट्टेको टोकाई हरुबाट बच्ने उपायहरुमा ध्यान दिन मन्त्रालयले अनुरोध गरेको छ । त्यस्तै जनस्वास्थ्यको सुरक्षाको लागि आवश्यक औषधि, उपकरणहरु, स्वास्थ्यकर्मीहरुको व्यवस्थापनका लागि स्थानिय जिल्ला स्वास्थ्य कार्यालयहरु, प्रदेशका सम्बन्धित निकायहरु मार्फत स्वास्थ्य आपतकालिन केन्द्रहरुले समन्वयको व्यवस्था गरिरहेको पनि मन्त्रालयले जनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्