मनसुन पछिको बाढी पहिरोमा परि अहिलेसम्म १७ जनाको ज्यान गयो,२२ बेपत्ता

काठमाण्डौ,०६ असार ।
नेपालमा मनसुन भित्रिएपछि आएको बाढी पहिरोमा परेर अहिलेसम्म १७ जनाको ज्यान गएको छ भने १२ जना घाइते भएका छन् । यस्तै बाढी, पहिरो र डुबानमा परेर देशभर २२ जना हराइरहेका छन् । 

गृह मन्त्रालयका अनुसार हराउनेमा सिन्धुपाल्चोक, जाजरकोटमा र बाजुराका धेरै रहेका ले जनाएको छ । यस्तै १ सय ४१ घर पूर्ण र ९९ वटा घरमा आंशिक क्षति पुगेको छ । आजसम्म १६ सय जनालाई सुरक्षित ठाउँमा सारिएको गृह मन्त्रालयले जनाएको छ ।

४ सय भन्दा धेरै व्यक्तिको उद्धार गरिएको मन्त्रालयका सूचना अधिकारी खुमकान्त अधिकारीले जानकारी दिनु भयो ।विभिन्न ठाउँका राजमार्ग बन्द भएका छन् । अहिले मर्मतपछि २४ वटा राजमार्ग एकतर्फी खुलाइएको छ ।

१५ वटा सडक अझै बन्द रहेका छन् । ५० वटा सडकमध्ये ११ वटा सडक पूर्ण रुपमा सञ्चालनमा आएका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्