धादिङको रूवीभ्यालीमा पहिरो बेपत्ताको खोजिका लागि तालिम प्राप्त कुकुरको प्रयोग

रुवीभ्याली गाउँपालिका वडा नं २ मा चारदिन अघि गएको पहिरोमा बेपत्ता स्काभेटरका सहचालक लापाका जोजो तामाङको खोजिका लागि दुईवटा कुकुरको प्रयोग गरिएको छ।पहिरोमा बेपत्ता भएका रुवीभ्याली गाउँपालिका–५ लापाका २० वर्षीय तामाङकोे खोजिको लागि आज गृह मन्त्रालयले हेलिकप्टरबाट २ वटा तालिम प्राप्त कुकुर सहितको १३ जना सुरक्षाकर्मीको उद्धार टोली खटाएको जिल्ला प्रशासन कार्यालय धादिङले जनाएको छ ।

शुक्रबार धादिङबेँसी–साङ्कोष–तिप्लिङ–सोमदाङ सडक निर्माणका क्रममा रुवीभ्यालीको वडा नम्बर २(साबिकको सेर्तुङ र तिप्लिङ गाविस) को सिमानामा रहेको अताखोलाको पहिरोमा स्काभेटरका चालक र सहचालक बेपत्ता भएका थिए । बेपत्तामध्ये चालक सिन्धुपाल्चोकका २३ वर्षीय राजु पराजुलीको भने शनिबार शव भेटिएको थियो । चालक पराजुलीको शव धादिङबेशी ल्याईएको छ । 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्