महामारीले बदल्यो सिकाइ शैली, अनलाइनले घट्यो शुल्क

कोरोना महामारीले सन् २०१९ अघि र त्यसपछिका मावनीय गतिविधिमा निकै अन्तर ल्याएको छ । महामारीले विश्वभर आतङ्क मच्चाइरहँदा एकाध महिना मानव समुदायका क्रियाकलाप स्थिरजस्तो देखिए पनि पछिल्लो समय वैकल्पिक माध्यमबाट विगतका लय पक्रिन थालेका छन् ।
 
    महामारीका कारण भौतिक उपस्थितिमा कठिनाइ देखिए पनि प्रविधिको प्रयोगबाट आफ्ना कर्मलाई नियमितता दिन अन्तर्राष्ट्रियजगत् लागेको छ । विश्वका हरेक कुनामा बस्ने व्यक्तिले अहिले त्यही प्रविधिको प्रयोग गर्दै आफूलाई एकापसमा नजीक ल्याइरहेका छन् ।
 
    कोरोना महामारीको दोस्रो लहरका बाबजुद पनि पछिल्ला समयसमय शैक्षिक, सामाजिक तथा आर्थिक गतिविधिले गति लिएका छन् । अध्ययन अध्यापन, अनुसन्धानदेखि व्यापार व्यवसायसम्म प्रविधिले सहजीकरण गरिरहेका छन् । शैक्षिक संस्थाले विभिन्न सफ्टवेरको प्रयोग गरेका आफ्ना गतिविधिलाई निरन्तरता दिएका छन् । शिक्षक तथा विद्यार्थीले पनि आफूलाई त्यसमा अभ्यस्त बनाउँदै लगेका छन् ।
 
    विद्यालय, विश्वविद्यालयका नियमित शैक्षिक सत्र अनलाइन माध्यमबाट अगाडि बढेका छन् । सैद्धान्तिक विषयका कक्षा मात्र नभई प्रयोगात्मक विषय पनि अनलाइनका माध्यमबाट नियमित भइरहेका छन् । पछिल्ला समय विभिन्न विषयको अध्ययनका लागि हुने प्रवेश परीक्षाको तयारी कक्षा पनि अनलाइनबाटै हुने गरेको छ ।
 
    “कोभिडको दोस्रो लहरसम्म आइपुग्दा विद्यार्थी तथा शिक्षकमा अनलाइन कक्षामा पढ्ने÷पढाउने बानीको राम्रो विकास भइसकेको छ”अनलाइन कक्षाले आम नागरिकको सोचमात्र बदलेको छैन, यसबाट समय र पैसाको पनि बचत भएको छ । कतिपय विद्यालय, विश्वविद्यालय तथा इन्स्टिच्युटले शुल्क पनि घटाएका छन् । शैक्षिक संस्थाले घटाएका शुल्कबाट विद्यार्थीले प्रविधि किन्न सकेका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्