विश्वभर कोरोना संक्रमितको संख्या १८ करोड नाघ्यो

काठमाडौं, १० असार । विश्वका धेरै देशहरुमा कोरोना संक्रमित रहेका छन् । वल्डोमिटरको अनुसार हालसम्म १८ करोड ३ लाख ७२ हजार विश्वभर संक्रमित रहेका छन् भने १६ करोड ५० लाख ९८ हजार ६१४ जना संक्रमणमुक्त भएका छन् । त्यस्तै, ३९ लाख ७ हजार ६६१ जनाको हालसम्म संक्रमणबाट मृत्यु भइसकेको छ ।

यसैगरी, संक्रिय संक्रमितको संख्या १ करोड १३ लाख ६६ हजार ६३८ रहेको छ । ८१ हजार ४७१ जना संक्रमितको गम्भिर अवस्थामा उपचार भैहरेको एजेन्सीले जनाएको छ ।

त्यस्तैं, अमेरिकामा कोरोना संक्रमितको संख्या ३ करोड ४४ लाख ४९ हजार ४ जना रहेको छ भने संक्रमित मध्ये २ करोड ८८ लाख ४६ हजार ३०४ जना संक्रमणमुक्त भएका छन् ।अमेरिकामा ४९ लाख ८४ हजार ४०६ जना संक्रमित उपचारको क्रममा छन् । हालसम्म ६ लाख १८ हजार २९४ जनाको कोरोना संक्रमणबाट मृत्यु भइसेकेको एजेन्सीले जनाएको छ । ३ हजार ९ सय २५ जना संक्रमितको गम्भिर अवस्थामा उपचार भैरहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्