रोनाल्डोले बनाए विश्व किर्तिमान

एजेन्सी, १० असार । क्रिस्टियानो रोनाल्डोले फुटबलमा नयाँ किर्तिमान बनाएका छन् । उनले पोर्चुगलका लागि १०९ गोल गरेर किर्तिमान बनाएका हुन् ।

अहिलेसम्म इरानका अली दाईको नाममा रहेको कुनैपनि देशबाट सर्वाधिक अन्तर्राष्ट्रिय गोलको किर्तिमानसँग रोनाल्डोले बराबरी गरेका छन् । अब एक गोल थपेमा उनले किर्तिमान भंग गर्नेछन् ।

सन् १९९३ देखि २००६ सम्म अली दाईले इरानका लागि १०९ गोल गरेका थिए । यो किर्तिमान १५ वर्षसम्म कसैले तोड्न सकेको थिएन ।३६ वर्षीय रोनाल्डोले गएराति फ्रान्ससँगको खेलमा दुई गोल गरेर किर्तिमान बनाएका थिए । बराबरीसँगै गत युरो कपको विजेता पोर्चुगल अघिल्लो चरणमा प्रवेश गरेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्