स्नातक तह प्रथम वर्षको परीक्षा साउन १० देखि

काठमाडौं,११ असार ।
त्रिभुवन विश्वविद्यालयको स्नातक तह प्रथम वर्षको परीक्षा आगामी साउन १० देखि सुरु हुने भएको छ। वार्षिक परीक्षा प्रणालीअन्तर्गतको तीन र चार वर्षे बिए‚ बिएससी‚ बिबिए र बिएड प्रथम वर्षको परीक्षा सञ्चालन हुने त्रिविले जनाएको छ।

तीन वर्षे मानविकी शंकायको वार्षिक परीक्षा साउन १० गतेदेखि सञ्चालन हुने भएको छ। तालिका अनुसार  साउन २८ गते परीक्षा सकिने छ। त्यस्तै, चार वर्षे बिएको पनि १० गतेदेखि परीक्षा सुरु भई २९ गते सकिने छ।

त्रिविले चार वर्षे शिक्षा संकायको पनि परीक्षा तालिका सार्वजनिक गरेको छ। परीक्षा साउन १० गतेदेखि सुरु भई २५ गते सकिने छ। चार वर्षे तथा तीन वर्षेको बिबिएसको परीक्षा साउन ११ गतेदेखि सञ्चालन हुने छ। 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्