नेप्से परिसूचक ५ अंकले बढ्यो, लघुवित्तमा झुम्मिए लगानीकर्ता

काठमाडौं ।

सेयर कारोबार मापक नेप्से परिसूचक ५ अंकले बढेको छ । नेप्से परिसूचक ५ दशमलव ११ अंकले बढेर २ हजार ८ सय ७५ दशमलव ४९ अंकमा पुगेको छ ।‘क’ वर्गको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स ४ दशमलव १७ अंकले बढेर ५ सय ३३ दशमलव ५७ अंकमा पुगेको छ । कारोबार रकममा भने उल्लास देखिएन ।सोमबार लघुवित्त वित्तीय संस्थाहरुको सेयरमा लगानीकर्ताहरुको चाप देखिएको छ । लघुवित्तको सेयरमा माग अत्यधिक देखिदा धेरै कमाउनेमा यो समूहका लगानीकर्ताहरु देखिएका छन् । समूहगत सवइन्डेक्स सबैभन्दा धेरै लघुवित्त समूहकै बढेको छ ।

दिनभर भएका ८१ हजार ३ सय कारोबारबाट २१९ कम्पनीका १ करोड ९२ लाख ८२ हजार ८१५ कित्ता सेयर किनबेच भएका छन् । जसअनुसार कारोबार रकम ७ अर्ब ७२ करोड ५५ लाख १२ हजार ७१६ रुपैयाँ पुगेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्