क्यानाडाद्वारा भेन्टिलेटरसहित स्वास्थ्य सामग्री सहयोग

काठमाडौँ — क्यानाडाले नेपाललाई कोरोना भाइरस रोकथाम र नियन्त्रणको लागि २७ वटा भेन्टिलेटरसहित स्वास्थ्य सामग्री सहयोग गरेको छ ।

नेपाललाई सोमबार प्राप्त सहयोगमा भेन्टिलेटरलाई चाहिने अन्य सामग्रीहरु, १५ हजार ४८ फेससिल्ड र १८ सय ९० डिस्पोजल गाउन रहेका छन् ।परराष्ट्र मन्त्रालयका अनुसार उक्त सहयोगलाई लिएर क्यानाडेली सरकारलाई नेपाल सरकारले धन्यवाद पनि दिएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्