कबड्डीका मुख्य प्रशिक्षकमा भट्ट नियुक्त

कञ्चनपुर, १४ असारस् जिल्ला खेलकुद विकास समिति कञ्चनपुरमा कार्यरत विष्णुदत्त भट्टलाई कबड्डीका मुख्य प्रशिक्षकमा नियुक्त गरिएको छ । राष्ट्रिय खेलकूद परिषद् ९राखेप०ले भट्टलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको हो ।

कबड्डीका मुख्य प्रशिक्षक तारा सिंह भाटले उमेर हदका कारण अवकाश पाएपछि पाँच महिनादेखि रिक्त कबड्डीको मुख्य प्रशिक्षक पदमा भट्टलाई नियुक्त गरिएको हो । राखेपले विश्वास गरी दिएको मुख्य प्रशिक्षकको जिम्मेवारीलाई इमानन्दारीपूवर्क निर्वाह गर्ने मुख्य प्रशिक्षक भट्टले बताए ।

“कबड्डी खेलाडी थिएँ । त्यसपछि प्रशिक्षक भएँ । अहिले मुख्य प्रशिक्षक भएको छु”, उनले भने, “राखेपले दिएको यो जिम्मेवारीलाई सीप र क्षमताअनुसार इमान्दार भएर पूरा गर्नेछु ।” मुख्य प्रशिक्षक भट्टले कबड्डी खेलको विकास र विस्तारका लागि विद्यालय तहसम्म प्रतियोगिता सञ्चालन गरिने बताए ।विद्यार्थी जीवनदेखि कबड्डी खेल्न थालेका भट्टले तीन वटा एशियाली खेलकुद प्रतियोगितामा भाग लिएका छन् । उनले सन् १९९० मा बेइजिङ, सन् १९९४ मा हिरोसिसमा र सन् १९९८ मा बैंककको एशियाली खेलकुद प्रतियोगितामा भाग लिओयेक थिए । यसैगरी उनले भारतको कलकत्तामा भएको साफ च्याम्पियन सीप र साग गेममा पाँच पटक भाग लिएका छन् । नेपाली राष्ट्रिय कबड्डी टीमको सात वर्ष नेतृत्व सम्हालेका उनले विसं २०६४ मा कबड्डी खेलबाट सन्न्यास लिएका थिए ।

मुख्य प्रशिक्षक भट्टले प्रशिक्षकको जिम्मेवारी पाएपछि हालसम्म दुई हजार ५०० खेलाडीलाई प्रशिक्षण दिइसक्नुभएको छ । त्यसमा २०० भन्दा बढी खेलाडीले राष्ट्रियस्तरका प्रतियोगितासम्म खेलेका छन् ।

भीमदत्त नगरपालिका–७ हल्दुखालका भट्टले जनसेवा माध्यमिक विद्यालयमा कक्षा ९ मा पढ्दादेखि नै कबड्डी खेलमा रुचि राख्दै आएका थिए । विसं २०४३ मा कबड्डी खेलेको दुई वर्षपछि झापामा भएको राष्ट्रिय प्रतियोगितमा सहभागी भएर उहाँ साग गेमका लागि छनोट भएका थिए । त्यसपछि २०६४ सम्म उनले कबड्डी प्रतियोगितामा सहभागिता जनाएका थिए ।

मुख्य प्रशिक्षक भट्टले कबड्डीको विकासका लागि हल्दुखालमा एकेडेमी सञ्चालन गरेका छन् । उनले कबर्ड हलमा कबड्डी प्रशिक्षण केन्द्र निर्माण गरी सञ्चालनमा ल्याएका छन् । जिल्ला खेलकूद विकास समिति कार्यालयका प्रमुख गोपालदत्त भट्ट मुख्य प्रशिक्षक भट्टको लामो अनुभवले कबड्डीको विकास र विस्तारमा सहयोग पुग्ने बताए ।

विसं २०५२ मा सहायक कबड्डी प्रशिक्षक भएका भट्ट २५ वर्षपछि मुख्य प्रशिक्षकमा नियुक्त भएका छन् । अठार वर्षअघि उनी कबड्डीको सहायक प्रशिक्षकमा नियुक्त भएका थिए ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्