ए डिभिजन लिग असोज पहिलो सातादेखि

काठमाडौं । अखिल नेपाल फुटबल संघ ९एन्फा०ले सहिद स्मारक ए डिभिजन लिग आगामी असोज ३ गतेदेखि गर्ने निर्णय गरेको छ ।

एन्फाले आज १४ वटा क्लबका पदाधिकारीहरुसितको छलफलपछि लिगका लागि मिति तय गरेको हो । लिगका लागि आगामी साउन ५ गतेदेखि खेलाडी दर्ता खुला गर्ने निर्णय गरिएको एन्फाले जनाएको छ ।

गत वर्ष कोरोना भाइरसको महामारीका कारण ए डिभिजन लिग हुन सकेको थिएन । कोरोनाकै कारण एन्फाले आफ्नो क्यालेण्डर अनुसार खेल गतिविधि अगाडि बढाउन सकिरहेको थिएन ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्