देशैभर भारी वर्षा,तटीय क्षेत्रमा जोखिम:अबको तीन दिन जारी रहने

काठमाडौं,१७ असार ।
मनसुनी वायुको सक्रियताका कारण देशभर पानी परिरहेको छ । प्रदेश नम्बर १, २, बागमती, गण्डकी र लुम्बिनीका सबैजसो स्थानमा पानी परिरहेको र अति भारी वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कर्णाली र सुदूरपश्चिम प्रदेशमा अन्य पाँच प्रदेशको तुलनामा कम पानी पर्ने मौसमविद् गंगा नगरकोटीले जानकारी दिनुभयो।

पानी पर्ने क्रम अबको तीन दिन जारी रहने भएकाले बिभिन्न स्थानमा बाढी पहिरोको जोखिम भएका कारण स्थानीयबासीलाई सजग रहन महाशाखाले आग्रह गरेको छ। यसैबीच लगातारको वर्षाका कारण देशभरका नदीहरूमा पानीको सतह निरन्तर बढेको छ। मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले देशका प्रमुख नदी तथा तिनका सहायक नदीमा पानीको सतह बढ्ने क्रममा रहेकाले सावधानी अपनाउन आग्रह गरेको छ। 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्