राष्ट्रिय सभा बैठक आज बस्दै, यस्तो छ कार्यसूची

राष्ट्रिय सभाको आठौं अधिवेशन आजदेखि सुरू हुने भएको छ।

संघीय संसद भवन बानेश्वरमा बिहीबार अपरान्ह ४ बजेका लागि बैठक बोलाइएको छ।

बैठकमा सहभागी हुने अध्यक्षदेखि राष्ट्रिय सभाका सदस्यलगायतको एन्टिजेन्ट परीक्षण बुधबार नै गरिएको थियो।

आज बैठकको सुरूमा अध्यक्षले राष्ट्रपतिले बैठक आह्वान गरेको पत्र र मन्त्रिपरिषद पुनर्गठन सम्बन्धी राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र पनि पढेर सुनाउनेछन्।त्यसपछि विभिन्न अध्यादेश पेश गर्ने कार्यसूची छन्।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद् ९काम, कर्तव्य, अधिकार र कार्यविधि० सम्बन्धी ९पहिलो संशोधन० अध्यादेश, २०७७ र सपथ सम्बन्धी अध्यादेश, २०७८ अध्यादेश पेश गर्ने सम्भावित कार्यसूची छ।

यस्तै उपप्रधानमन्त्री एवम् गृह मन्त्री विष्णुप्रसाद पौडेलले नेपाल नागरिकता ९पहिलो संशोधन० अध्यादेश २०७८, बेपत्ता पारिएका व्यक्तिको छानबीन, सत्य निरूपण तथा मेलमिलाप आयोग ९तेस्रो संशोधन० अध्यादेश २०७७, नेपाल प्रहरी र प्रदेश प्रहरी ९कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय० ९पहिलो संशोधन० अध्यादेश २०७८, सामाजिक सुरक्षा ९पहिलो संशोधन० अध्यादेश २०७८ र तेजाब तथा अन्य घातक रासायनिक पदार्थ ९नियमन० अध्यादेश २०७८ अध्यादेश पेश गर्ने कार्यसूची छ।

साथै कानून, न्याय तथा संसदीय मामिला मन्त्री लिलानाथ श्रेष्ठले फौजदारी कसूर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश २०७८, यौन हिंसा विरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश २०७८ पेश गर्ने कार्यसूची छ।यस्तै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री कृष्णगोपाल श्रेष्ठले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ९पहिलो संशोधन० अध्यादेश २०७८, कोभिड(१९ सङ्कट व्यवस्थापन अध्यादेश २०७८ र औषधि ९तेस्रो संशोधन० अध्यादेश २०७८ अध्यादेश पेश गर्ने कार्यसूची छ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्