पृथ्वी राजमार्गको धादिङ खण्ड सञ्चालनमा आयो

धादिङ,१७ असार ।
पहिरोले अवरुद्ध भएको पृथ्वी राजमार्गको धादिङ खण्ड सञ्चालनमा आएको छ। आज बिहान बेनीघाट रोराङ गाउँपालिका–१० तिकराङ र मौवाखोला क्षेत्र लगायतका स्थानमा पहिरो खस्दा अवरुद्ध भएको राजमार्ग सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक महेन्द्र खड्काले जानकारी दिनुभयो ।

सडक विभाग र ट्राफिक प्रहरी कार्यालयको डोजरले सडकमा थुप्रिएका पहिरो हटाएपछि सवारी साधन सञ्चालनमा आएको प्रहरी उपरीक्षक खड्काले बताउनुभयो । निरन्तर वर्षा भइरहेकोले राजमार्गका ठाउँ ठाउँमा पहिरो झर्ने क्रम नरोकिएको प्रहरीले जनाएको छ ।

यस्तै तनहुँको व्यास नगरपालिका–१२ स्थित छर्कनेमा आज बिहान पहिरो खस्दा अवरुद्ध भएको राजमार्ग  एकतर्फी सञ्चालनमा आएको छ। निरन्तरको प्रयासपछि पहिरो हटाएपछि राजमार्ग एकतर्फी सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिनुभयो।

तस्विर:थाहा खवर

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्