अभिमन्युले तोडे रेकर्ड स् १२ वर्ष चार महिनामै चेसको ग्रान्डमास्टर

अमेरिकी चेस खेलाडी अभिमन्यु मिश्रा विश्वकै सबैभन्दा कम उमेरमा ग्रान्डमास्ट बनेका छन् । न्यु जसीा बस्ने भारतीय आमा–बाबुका सन्तान अभिमन्यु १२ वर्ष ४ महिना २५ दिनका दिन ग्रान्डमास्टर बने । बुधबार बुडापेस्टरमा भारतीय ग्रान्डमास्टर लियोनलाई हराउँदै २६ सय रेटिङ अंक हासिल गरेर उनले यो उपलब्धि अभिमन्युले आफ्नो नाममा लेखाएका हुन् । यसअघि यो किर्तिमान रुसका सर्गेई कर्जाकिनको नाममा थियो । सन् २००२ मा १२ वर्ष ७ महिनाको छँदा उनी ग्रान्डमास्टर बनेका थिए ।

यसअघि नोभेम्बर २०१९ मा अभिमन्युले १० वर्ष ९ महिना ३ दिनका दिन विश्वकै कान्छो इन्टरनेशनल मास्टर बन्ने किर्तिमान बनाएका थिए ।

अभिमन्युका पिता न्यु जर्सीमा एक सफ्टवेयर इन्जिनियर हुन् । छोारलाई कर्जाकिनको रेकर्ड तोड्नका लागि उनले नै हौसला दिएका हुन् । ‘मलाई थाहा थियो कि यो प्रतियोगिता हाम्रा लागि एक ठूलो मौका हो । यो एउटा सपना थियो, जसलाई मैले पत्नी स्वाति र अभिमन्युसँग भनेको थिएँ, तर अहिले छोराले हासिल गरेको सफलताको खुसी वर्णन गर्नका लागि मसँग शब्द नै छैन,’ उनले भने

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्